मूल पृष्ट   In English Chyatna Nasakeko Chithi. A novel by Deepak Khadka उपन्यासकार डा. दीपक का

Click to enlarge

ठुलो आकारमा हेर्न क्लिक गर्नुहोस्
भित्री पानाहरु हेर्नुहोस्
५-६ १२ १९
२७ ३४ ३७-३८ ४३
४७ ५०-५१ ५४-५५ ५५
पुरस्कार
 .ने.सा.. स्वर्गिय डिल्लीराम तिम्सिना उत्कृष्ट नवप्रतिभा पुरस्कार २००७ विजेता

घोषणा

 
डा. दीपक खड्काको बारेमा
त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्रमा स्नातकोत्तर र इजरायलको बेन-गुरिओन विश्वविद्यालयबाट जीवविज्ञानमा विद्यावारिधि गर्नु भएका डा. दीपक खडका सँ.रा.अ., मेरिल्यान्ड, स्थित राष्ट्रिय स्वास्थ्य बहुसंस्थानमा केही वर्ष काम गर्नु भई हाल न्यू जर्सीको चिकित्सा एवं दन्तशास्त्र विश्वविद्यालयमा कार्यरत छन् ।

साहित्य र राजनीति उनका पेशाईतर शोख र अम्मल र हुन् भने रङ्गमञ्च र साना‍-पर्दामा अभिनय उनका मीठा सम्झनाहरु ।

साहित्य:
डा. खडका गजल विधाप्रति विशेष लगाव राख्छन्। उनका केही फुटकर गजल र कविताहरु:
      गजल १ | गजल २ | गजल ३ | गजल ४ | गजल ५ | कविता १ | कविता २

गद्यको हकमा "च्यात्न नसकेको चिठी" उनको पहिलो र एकमात्र उपन्यास हो । "यातना" र "मोहभङ्ग" शिर्षकका दुई लघु-कथाहरु, जुन कुनै अनियमित पत्रिकामा छापिएका थिए, र टेलि-श्रृङ्खला "वाचा बिर्सेको छैन" को पटकथा उनका किशोरकालिन अभ्यासहरु हुन् ।
Click to enlarge
 

राजनीति:
राजनीतिको हकमा नेपालमा राजतन्त्रको छायाँमा लोकतन्त्र फस्टाउन नसक्ने र लोकतन्त्रको हतकडीमा राजतन्त्र खुशि नरहने कुरा पुनरावृत्तरत ऐतिहासिक अनुभव मान्नुहुने लेखक लोकतान्त्रिक गणतन्त्रले सबैलाई वैधानिक प्रतिस्पर्धात्मक राजनीति गर्ने अवसर दिएर नयाँ राष्ट्रिय एकता र राष्ट्रिय मूलधार निर्माण गर्ने कुरामा विश्वास राख्छन्।

नेपालमा "प्रजातन्त्र" को विफलतालाई सम्प्रभूताको राष्ट्रिय टुङ्गो (resolve) नलागेको कारणले उत्पन्न अन्योल एकातिर र अर्कातिर त्यसलाई ईन्कार (denial) गर्नुपर्ने संवैधानिक खोंचे समेतले बाँधेको राजनैतिक दलहरुको स्वाभाविक अग्रदिशाविहिनता र नैतिक ह्रास भन्छन्, डा. खडका ।

केही राजनैतिक बसिबियाँलो:
      Why Republicanism | When Only the Wrong Parties are Right

रंगकला:

उसको कवितामा अब को रुँदैन (प्रकाश सायमी लिखित, रमेश बुढाथोकी निर्देशित नाटक)
 


रोमियो जुलियट (नारायण श्रेष्ठ अनुवादित, रमेश बुढाथोकी निर्देशित नाटक)
 


सौगात (प्रयाग श्रेष्ठ कृत भिडियो चलचित्र)

 

असम्झौता (वासु शशिको नेवारी नाटक "ताचा प्वायँ" मा आधारित प्रताप सुब्बा निर्देशित टेलि-श्रृङ्खला)

 

डा. खडकालाई संपर्क गर्ने ठेगाना: deepakkhadka@gmail.com

<<मुख्य पेज
वेब डिजाईन सौजन्य: दीपक खनाल
©सर्वाधिकार: दीपक खडका