|
भित्री पानाहरु हेर्नुहोस्
|
|
|
|
|
लेखक के भन्छन्...
|
"मैले यो कथा मान्छेको उही सनातन शास्त्रीय र लोकप्रिय विषय 'प्रेम' लाई बुझ्ने एक चेष्टास्वरूप लेख्न शुरु गरको थिएँ । आज म प्रेमको विशुद्ध अनुभूति भनेको इश्वर जस्तै एउटा मिथक पो हो कि भन्ने छेउमा पुग्न लागेको छु । तर यो कथा टुंग्याउदाताका भने म झण्डै झण्डै यस्तो सोच्दथें - प्रेम भनेको यसको स्वचेतना (self-consciousness) हराएपछि मात्र प्राप्त हुने स्थिति हो र त्यसो भएकाले यो सचेत प्रयासले प्राप्त गर्न सम्भव छैन । भयो भने यो आफ्नै पाकृतिक समय, वातावरण र पृष्ठभूमिमा मात्र हुन्छ ।
जब प्रेम हुन्छ, तब प्रेमीलाई यसको ज्ञान रहदैन । ज्ञानसहितको प्रेम प्रेम होइन, बरु यो अमुक प्रेममाथिको प्रेम हो । वास्तवमा अधिकांश हामी यो पछिल्लोलाई प्रेम मान्दछौं र यसमा आधारित अनेक संस्कृति र आचारसंहिताको निर्माण र पालना गर्दछौं ।
यसो भन्दैमा मैले यो कथित प्रकृतिजन्य प्रेमको उच्च मूल्यांकन र संस्कृतिजन्य प्रेमको निन्दा गर्न चाहेको चाहिं होइन नि । वास्तवमा यो पछिल्लो कोटिको प्रेम त्यो सिमन्टी हो जसले हाम्रो समाजलाई नभत्कने गरी टाँसिराखेको छ । यसप्रतिको मेरो श्रद्धा त्यो विरलाकोटिको पहिलो प्रेमप्रतिको मेरो उत्सुकताले किञ्चित घटाउँदैन । यो कथामा मेरो जिज्ञासा ती दुई कोटिका प्रेमबीच संक्रमणको वा तिनको द्वैधताको संभावनामा सीमित छ ।"
-डा. दीपक
खडका
|
|
<<मुख्य पेज
|
|
|