|
"सधैं
नूतन र पढिरहुँ लाग्ने; कृतित्व बोकेको
।"
शिव
प्रकाश, बोस्टन
"पुस्तकले मलाई एक नेपाली नारीको
अन्तर्द्वन्दको सिमान्तता र गहिरा सम्बन्धहरुको
सुदूरयात्रामा पुर्यायो
।"
निर्मल
थापा, काठमाडौं
"शब्दचयन, भाषाधिकार र भावनाको
रोटेपिङले मेरो मनमा लामो समय घर गरिरहे
।"
मञ्जु
कार्की, काठमाडौं
"अत्यन्त
कुशलतापूर्वक रचिएको कृति.. एक
रूपवती सबला नारीको विस्मयकारी चित्रण..
एक सम्पूर्ण आनन्ददायक पठन ।"
सीता
पाण्डे, न्यू जर्सी
"मध्यमवर्गीय
नेपाली नारी मानसिकताको सशक्त चित्रण
!
विद्रोह र व्यावहारिकताको
कडा दोहोरीमा एउटी नारीको कोमल मन
!
"
वसन्त कुमार गौतम,
आईची, जापान
"आरम्भ देखि अन्तसम्म मनोरञ्जक । अत्यन्त
कुशल, उत्कृष्ट र अनुपम कथान्त ।"
मुरारीराज शर्मा,
न्यूयोर्क
"नि:सन्देह कुशल लेखन । परन्तु कथान्तले
हिन्दी सिने बुर्जुवा नैतिकतासंग अमौलिक समर्पण गरेको
देखिन्छ ।"
विश्व पौडेल,
क्यालिफोर्निया
" "विष्फोटक !" यहि प्रतिक्रिया हुने थियो
मेरो, यदि मैले यसलाई मेरो युवाकालमा पढ्ने मौका पाएको भए
। र यो कथा मेरो मनमा कहिले नमेटिने गरी गढ्थ्यो होला ।"
डा.
शिव गौतम,
म्यासाच्युसेट्स्
"लेखक महोदय, तपाई पूर्वजन्ममा एक स्त्री
नै हुनुपर्छ । एक स्त्रीको हृदयलाई यत्रो गहिराई र यति
कुशलतापूर्वक प्रस्तुत गर्नुभयो कि यो कथा एक पुरुषले
लेखेको हो भनेर विश्वासै गर्न कठिन हुने ।"
रश्मि
भट्टचन,
मिनेसोटा
"अत्यन्त राम्रो बहाव, कवितात्मक !
नि:सन्देह मनोरञ्जक, तर अत्यन्त भावुकतावाहक पनि ।"
अरुण शर्मा,
एरिजोना
"भुँईमा राख्न नसकिने" पुस्तक । प्रेमेच्छा
जागृत गर्ने कथा ।"
युवराज आचार्य,
पेन्सेलभेनिया
"एक उत्कृष्ट कलात्मक कृति ! "
अनन्त रिसाल,
न्यू जर्सी
"उत्कृष्ट
!!!
'पागल बस्ती',
'सुम्निमा',
'शिरीषको
फूल' र 'लुटिएका दुइ थुँगा फूल' पछि 'च्यात्न नसकेको चिठी'
लाई नै हो दोह-याएर पढेँको मैले ।"
सन्देश आचार्य,
ह्यामिल्टन, क्यानाडा
"कथा
पढ्दा वास्तविक जीवनको कुनै युवतीको डायरी नै पो
पढिरहेको
हुँ कि भन्ने भान हुन्छ । लेखाई यति प्राकृतिक लाग्छ कि
लेखकले
नायिकालाई मानौं प्रत्यक्ष अनुभव
गरेका छन् वा उनै भित्र अवस्थित
छन् र उनका हरेक शब्द र घटनाक्रमलाई नियन्त्रण गरेर बसेका
छन् ।"
मबि सिंह,
म्यासाच्युसेट्स्
|