मूल पृष्ट   In English Chyatna Nasakeko Chithi. A novel by Deepak Khadka उपन्यासकार डा. दीपक का

Click to enlarge

ठुलो आकारमा हेर्न क्लिक गर्नुहोस्
भित्री पानाहरु हेर्नुहोस्
५-६ १२ १९
२७ ३४ ३७-३८ ४३
४७ ५०-५१ ५४-५५ ५५
पुरस्कार
 .ने.सा.. स्वर्गिय डिल्लीराम तिम्सिना उत्कृष्ट नवप्रतिभा पुरस्कार २००७ विजेता

घोषणा

 
समिक्षा
"नारी हृदयको अति सहज चित्रण"

समिक्षा सार:

नारी हदयको सबभन्दा गहिरो तहमा रहने प्रेम भावना, मन र मस्तिष्क बिचको अन्तर्द्बन्द, मानसिक तनाव, समवेदना अनि कर्तव्यबोधको खिचातानीलाई बुझ्नमा लेखक खरो उत्रिएका छन् । भन्छन, अर्काको जुत्ता लगाएर उभिन गार्हो हुन्छ। तर उपन्यासको पाना पानामा मात्र होईन परिच्छेद परिच्छेदमा पनि लेखकलाई नारी अनुभव उतार्न कुनै संघर्ष गर्नु परेको आभास हुँदैन ।

"च्यात्न नसकेको चिठी" को कथा कसैलाई सुनाउनु पर्यो भने पाँच वाक्य भन्दा थोरैमा सकिन्छ । र यो कुनै सिनेमाको सुनिसकेको कथा जस्तो लाग्न सक्छ र पढ्ने उत्सुकता पनि नलाग्ला । तर यस प्रकारको पूर्वाभास उपन्यास पढिसकेपछि शतप्रतिशत गलत साबित हुन्छ।

वास्तवमा यो केवल उपन्यास नभएर प्रेम सम्बन्धी मनोवैज्ञानिक दर्शन पनि हो ।

"च्यात्न नसेको चिठी" को गहनता त्यसको कथानक संग भन्दा त्यसको प्रस्तुतिमा छ । सानो आकारको लाग्ने यस पुस्तिकाभित्र प्रस्तुत मीठो शैली, गहन दर्शन ,कवितात्मकता, शब्दहरुको उपयुक्त चयन अनि मानसिक उतारचढावको विस्तृत अभिव्यक्तिले यो पुस्तिका आकार र वजनले ठूला देखिने अरु धेरै पुस्तकहरु भन्दा ठूलो र गर्हौ छ। छोटा वाक्य र साना परिच्छेदहरुमा शब्दको कारीगरीपूर्ण चयनले उपन्यास कहिलेकाहि लामो गद्यकविता पढे जस्तो लाग्छ। यस सानो उपन्यासमा प्रयोग भएका कुनै शब्द र कुनै वाक्य फाल्तु छैनन् ।

अन्त्यमा "च्यात्न नसकेको चिठी" लघु उपन्यास एउटा मनोवैज्ञानिक विश्लेषणको राम्रो प्रयोग हो । एउटी युवतीको मन र मष्तिष्क, व्यक्त र अव्यक्त, मुर्त र अमुर्त अनुभूतिको विवाद अनि कल्पना र यथार्थ बिचको युद्ध हो । यो किताब पढ्ने सबैले कुनै न कुनै रुपमा पुस्तककी पात्रा कुशासंग आफूलाई आत्मसात गरेकै हुन्छन् ।

समिक्षाको पूर्ण पाठ (नेपाल जापान डट कम)

-भारती गौतम

<<मुख्य पेज
वेब डिजाईन सौजन्य: दीपक खनाल
©सर्वाधिकार: दीपक खडका