|
भित्री पानाहरु हेर्नुहोस्
|
|
|
|
|
समिक्षा
|
"जिजीविषा जस्तो पनि लाग्ने, मानसिक विभीषिका जस्तो पनि लाग्ने"
"...च्यात्न नसकेको चिठी डा. खडकाको एउटा शिष्ट तर विशिष्ट कृति हो । यस लघु उपन्यासमा मनोविज्ञानको आभास, शैलीको मिठास र प्रतिभाको प्रकाश छताछुल्ल छरिएको छ । सरल, सहज र सरस यो उपन्यासका पात्रहरू सजीव र स्वाभाविक छन्, हामीसंग कुरा गर्न र व्यथा पोख्न आइरहेजस्ता लाग्छन् ।...
... प्रेम र यौवनका विषयमा नेपाली साहित्यभण्डारमा थुप्रै कथा र उपन्यासहरू लेखिएका छन् । तर किन किन च्यात्न नसकेको चिठी सानो भए पनि प्यारो लाग्छ । यस भित्रको भावना न्यानो लाग्छ । यसभित्रको कल्पना कोमल र कलकलाउँदो लाग्छ । यो कथा आफ्नै कथाजस्तो लाग्छ । यसभित्रको व्यथा आफ्नै व्यथाजस्तो लाग्छ । "कुशा"
तपाईलाई, मलाई र थुप्रै उनको सुकोमल मन छुन खोज्नेहरूलाई आफ्नो कथा भनिरहे जस्ती लाग्छिन्, आफ्नो व्यथा पोखिरहेजस्ती लाग्छिन् । "रविकान्त" को निर्दोषिता र अन्यमनस्कता विरेचन गरिएको यो पत्र "सञ्जीवनी" ले पढे पनि, नपढे पनि अब थुप्रै हाम्रा विवेकी पाठकहरूले पढ्नुहुनेछ । जिजीविषा जस्तो पनि लाग्ने, मानसिक बिभीषिका जस्तो पनि लाग्ने यो उपन्यास पठनीय त छँदैछ, मननीय पनि छ ।..."
-दुबसु क्षेत्री
|
|
<<मुख्य पेज
|
|
|