|
भित्री पानाहरु हेर्नुहोस्
|
|
|
|
|
समिक्षा
|
"नारीसुलभ प्रेमको यति गम्भीर एवं सजीव विश्लेषण"
"... कथा पढिसकेपछि म धेरै बेर रन्थनिन्छु । कथाका हरेक वाक्यहरूमा एउटा भावुक नारी आत्माको पीडा प्रतिध्वनित भए जस्तो लाग्छ । नारीसुलभ प्रेमको यति गम्भीर एवम् सजीव विश्लेषण एउटा पुरुषहृदयी लेखकले कसरी गर्न सक्यो भन्ने विषय स्वयममा जटिल छ । तर नारी र पुरुषको प्रेमप्रतिको आधारभूत अन्तरलाई व्याख्या गर्नु, त्यो पनि एउटा कथावस्तुको सहारा लिएर, झन् कठिन कुरा हो । लेखक यस अग्निपरीक्षामा खरो उत्रिएका छन्, त्यसमा कुनै सन्देह छैन । प्रेम सम्बन्धी लेखिएका कृतिहरू प्रायजसो सस्तो भावुकताबाट पीडित हुन्छन् र पाठकहरूलाई तिनीहरूले ज्यादा गुलीयो हुनुको तम्तमाइलो छोडेर जान्छन् । लेखक यस दोषबाट र्सवथा मुक्त छन् किनभने कुशाका हरेक प्रेमोद्गारलाई उनले दर्शनको आगोमा खहर्याएका छन्, जाँचेका छन् ।..."
-गोकुल भण्डारी
|
|
<<मुख्य पेज
|
|
|