|
भित्री पानाहरु हेर्नुहोस्
|
|
|
|
|
समिक्षा
|
"प्रेमको अरहस्यीकरणको प्रयास"
"च्यात्न नसकेकेको चिठी एउटा त्यस्तो प्रयोगवादी उपन्यास हो जसमा अनौठा अनौठा विपर्यासहरू (paradoxes) अनेक तह (layer) र प्रतह (plain) मा देखा पर्छन् । ... त्यो बाहेक कथा र पाठकको प्रराज्यहरू (domains) लाई समेत खप्ट्याइदिएर एउटा विशेष प्रयोग गरेका छन् लेखकले ।...उपन्यासको पाण्डुलिपि कथाभित्रकै एउटा डक्युमेन्ट हो । यसलाई हातमा लिएर पढेपछि पाठकहरू पनि उपन्यासका पात्र बन्न पुग्छन् ।...
... कुशाको प्रेम कुनै कालखण्डमा पनि रहस्यमयी, रहस्यवादी छैनन् । ती सधैं वस्तुगत धरातलमा, त्यो पनि आदर्शवादी नभै एकदम काँचो न काँचो स्वार्थ, आवश्यकता र निसंकोचित लिबिडोमा उभिएका छन् । र्सवत्र प्रेमलाई मूर्त रूपमा प्रस्तुत गरिएको छ ।
लाग्छ, लेखक जुटेर लागेका छन् प्रेमको अरहस्यीकरण गर्न । संभवतः वैज्ञानिक, दार्शनिक र साहित्यिक चिन्तनको संमिश्रण हो त्यो । सग्लो र सङ्लो प्रेम अनि प्रेमको स्रोत र गन्तव्यको खोजमा उनले थुप्रै प्रश्नहरू उठाएका छन् । ती प्रश्नबाट उनी पराजित भएका रहेछन् भन्ने कुरा पनि प्रष्ट छ । आखिर उनको खोज सग्लो र सङ्लो प्रेममा न भै मिश्रित र धमिलो प्रेममा टुंगिन्छ ।
... समष्टिमा यो उपन्यास प्रेमको अरहस्यीकरणको प्रयास हो । प्रेमको रहस्यवादीहरूले उपन्यासको अग्रांश नपढीकन केवल उपसंहार मात्र पढ्न पुगे भने कुशाको रविप्रति उत्पन्न नयाँ अविर्भावले त रहस्यवादको पुष्टि पो भएको ठान्न सक्नेछन् । तर लेखकले त्यसको ठीक उल्टो गर्न खोजेका हुन् । उनले त्यो रहस्यमय प्रेमलाई यसका विविध बोधगम्य विभागहरूमा टुक्र्याइदिएका छन ।
...उपसंहारमा लेखकले जेसुकै दाबी गरेको भए पनि त्यसको पुष्टि अपुष्टि त कुशाको आगामी जीवनले मात्र गर्न सक्छ । तर प्रेमको राप, दर्द, मीठास र रोमाञ्चलाई किञ्चित् घट्न नदिई यसको शीतहृदयी शल्यक्रिया गर्न भने लेखक सम्पूर्ण सफल छन् ।
"
-होमराज आचार्य
|
|
<<मुख्य पेज
|
|
|