मूल पृष्ट   In English Chyatna Nasakeko Chithi. A novel by Deepak Khadka उपन्यासकार डा. दीपक का

Click to enlarge

ठुलो आकारमा हेर्न क्लिक गर्नुहोस्
भित्री पानाहरु हेर्नुहोस्
५-६ १२ १९
२७ ३४ ३७-३८ ४३
४७ ५०-५१ ५४-५५ ५५
पुरस्कार
 .ने.सा.. स्वर्गिय डिल्लीराम तिम्सिना उत्कृष्ट नवप्रतिभा पुरस्कार २००७ विजेता

घोषणा

 
समिक्षा
"प्रेमको अरहस्यीकरणको प्रयास"

"च्यात्न नसकेकेको चिठी एउटा त्यस्तो प्रयोगवादी उपन्यास हो जसमा अनौठा अनौठा विपर्यासहरू (paradoxes) अनेक तह (layer) र प्रतह (plain) मा देखा पर्छन् । ... त्यो बाहेक कथा र पाठकको प्रराज्यहरू (domains) लाई समेत खप्ट्याइदिएर एउटा विशेष प्रयोग गरेका छन् लेखकले ।...उपन्यासको पाण्डुलिपि कथाभित्रकै एउटा डक्युमेन्ट हो । यसलाई हातमा लिएर पढेपछि पाठकहरू पनि उपन्यासका पात्र बन्न पुग्छन् ।...

... कुशाको प्रेम कुनै कालखण्डमा पनि रहस्यमयी, रहस्यवादी छैनन् । ती सधैं वस्तुगत धरातलमा, त्यो पनि आदर्शवादी नभै एकदम काँचो न काँचो स्वार्थ, आवश्यकता र निसंकोचित लिबिडोमा उभिएका छन् । र्सवत्र प्रेमलाई मूर्त रूपमा प्रस्तुत गरिएको छ । लाग्छ, लेखक जुटेर लागेका छन् प्रेमको अरहस्यीकरण गर्न । संभवतः वैज्ञानिक, दार्शनिक र साहित्यिक चिन्तनको संमिश्रण हो त्यो । सग्लो र सङ्लो प्रेम अनि प्रेमको स्रोत र गन्तव्यको खोजमा उनले थुप्रै प्रश्नहरू उठाएका छन् । ती प्रश्नबाट उनी पराजित भएका रहेछन् भन्ने कुरा पनि प्रष्ट छ । आखिर उनको खोज सग्लो र सङ्लो प्रेममा न भै मिश्रित र धमिलो प्रेममा टुंगिन्छ ।

... समष्टिमा यो उपन्यास प्रेमको अरहस्यीकरणको प्रयास हो । प्रेमको रहस्यवादीहरूले उपन्यासको अग्रांश नपढीकन केवल उपसंहार मात्र पढ्न पुगे भने कुशाको रविप्रति उत्पन्न नयाँ अविर्भावले त रहस्यवादको पुष्टि पो भएको ठान्न सक्नेछन् । तर लेखकले त्यसको ठीक उल्टो गर्न खोजेका हुन् । उनले त्यो रहस्यमय प्रेमलाई यसका विविध बोधगम्य विभागहरूमा टुक्र्याइदिएका छन ।

...उपसंहारमा लेखकले जेसुकै दाबी गरेको भए पनि त्यसको पुष्टि अपुष्टि त कुशाको आगामी जीवनले मात्र गर्न सक्छ । तर प्रेमको राप, दर्द, मीठास र रोमाञ्चलाई किञ्चित् घट्न नदिई यसको शीतहृदयी शल्यक्रिया गर्न भने लेखक सम्पूर्ण सफल छन् । "

-होमराज आचार्य

<<मुख्य पेज
वेब डिजाईन सौजन्य: दीपक खनाल
©सर्वाधिकार: दीपक खडका