मूल पृष्ट   In English Chyatna Nasakeko Chithi. A novel by Deepak Khadka उपन्यासकार डा. दीपक का

Click to enlarge

ठुलो आकारमा हेर्न क्लिक गर्नुहोस्
भित्री पानाहरु हेर्नुहोस्
५-६ १२ १९
२७ ३४ ३७-३८ ४३
४७ ५०-५१ ५४-५५ ५५
पुरस्कार
 .ने.सा.. स्वर्गिय डिल्लीराम तिम्सिना उत्कृष्ट नवप्रतिभा पुरस्कार २००७ विजेता

घोषणा

 
<<मुख्य पेज
समिक्षा
"जम्मा एउटा प्रेमपत्रमा टुङ्गिएको उपन्यासमा महासागर"

"...च्यात्न नसकेको चिठी को कथानकमा महाप्रलय हुन्छ तर मनस्तात्विक । यहाँ महारोग लाग्छ तर मनस्तात्विक । यहाँ विवाह नष्टभ्रष्ट हुन्छ तर मनस्तात्विक । यहाँ चिउँडोको खतमा खत थापेर संपूर्ण यौनजीवनलाई नाङ्गो पारिन्छ तर मनस्तात्विक । त्यसैले यहाँ महाकथा छ तर कथानक केही पनि छैन । यही नहुनु भित्र लुकेको अस्ति नै यसको कथानकको डोरी हो ।...

... यो लघु उपन्यास पत्रशैलीमा लेखिएको छ । पत्रशैलीभित्रै आत्मकथा अन्तर्भाव र त्यहाँ पूर्वदीप्ति र यदाकदा वाष्पचेतना पनि समाहित छन् । सञ्जीसँग जेलमा गरेको संक्षिप्त भेटघाट र रविसँगको सुहागरातको वर्णन यो यौगिक शैलीका उत्कृष्ट नमुना हुन् । कथा र अन्तर्भावको एकत्वले वर्णन यति विस्तृत र सघन भएको छ कि त्यहाँ घट्ने भौतिक-मानसिक घटनाका हरेक मिलिसेकेण्ड रुजु भएका छन् ।...

... यो कथा अन्तमा हतारमा टुङ्ग्याएको जस्तो देखिन सक्छ । तर कथा त्यसरी टुङ्ग्याइएको होइन, कथा आफै टुङ्गेको हो । यसको अन्तले यौटा नूतन जीवनको उद्घोष गरेको छ जुन व्याख्येय छ । त्यसैले अन्तको संक्षिप्तता चाहिँ ध्वन्यात्मक स्वर बोकेकाले सुनमा सुगन्ध हुन गएको छ ।...

... कुँदेका शब्दहरूको चयनले यस उपन्यासको परखाल उभिएको छ । शब्दचयनमा गजलकार भएकोले होला दीपक यहाँ उत्कृष्ट सावित भएका छन् । यो उपन्यास पढ्दा लाग्छ कतै यो गजल नै त हैन ? (हुन पनि दीपक यस उपन्यासलाई एउटा लामो 'शेर' नै भन्न रुचाउँदा रहेछन् ) गजललाई गाग्रीमा समुन्द्र भर्ने कला भनेर भनिन्छ । दीपकले यो जम्मा एउटा प्रेमपत्रमा टुंगिएको उपन्यासमा महासागर नै भरिदिएका छन् । यहाँ कविका कवितामा हुने बिम्ब, यमक अलंकारहरू त कतै कविताभन्दा पनि गद्यको सघन अर्थ गौरवपूर्ण अनुच्छेदहरूले यसलाई अत्यन्त माथि उठाएका छन् ।...

... यहाँ प्रेमका दुई रूप छन- प्रकृतिजन्य प्रेम र संस्कृतिजन्य प्रेम । पहिलो सहज प्रेम हो भने दोस्रो परिमार्जित, पहिलो जंगली हो भने दोस्रो आजको नागरिक । यो एक सत्य तर जंगली प्रेम र असत्य नै सही कलात्मक नागरिक प्रेम वा प्रेमव्यवस्था को वीचको तर्कशास्त्र हो । तर यो शास्त्रीय सिद्धान्त वा सुनियोजित पैरवीमा आधारित तर्कशास्त्र नभै सहज र स्वस्फुर्त 'कन्फशेन', 'आत्म-स्वीकार' र 'अभि-स्वीकार' द्वारा निमिर्त सूक्तिसंहिता हो ।"


-होमनाथ सुवेदी

वेब डिजाईन सौजन्य: दीपक खनाल
©सर्वाधिकार: दीपक खडका