|
भित्री पानाहरु हेर्नुहोस्
|
|
|
|
|
पुस्तकको बारेमा
|
च्यात्न नसकेको चिठी लघु-उपन्यासको पुरै पाण्डुलिपि एउटा सिङ्गो चिठी हो, एउटी गृहिणीले घरबाट भागेर आफ्नो पुर्व प्रेमाग्निकहाँ उसको पूर्वजानकारी बेगर पुग्नु अगाडि अन्तिम घडीमा सुझेको स्पष्टीकरण बयानको रुपमा । एउटा घटनाले फेरि उनको हृदय परिवर्तन हुन्छ र चिठी च्यातिनु पर्ने बन्छ । परन्तु यो च्यातिदैन । बरु त्यसमा पुनश्च: टिप्पणी थपेर प्रापककै तजबीजमा पढ्न पठाएर यो टुङ्गिन्छ ।
यस उपन्यासले रागात्मक प्रेमप्रति एक प्रेमेच्छुकको विशुद्धतावादी लग्गू खोज, र त्यस खोजको विफलतामा प्रकट एक कोण, जसले सो प्रेमलाई नितान्त नौलो दृष्टिमा देखायो, को कथा बोकेको छ ।
यस कथाले स्त्री-पुरुष बिचको भावनात्मक सम्बन्धको सम्बन्धमा हुने प्रकटन (discovery) र आविष्कार (invention), माध्यम र प्रतिक्रिया, सम्झौता र स्वीकार आदि बिच अवस्थित झिनो रेखालाई देखाउने प्रयास गरेको छ ।
च्यात्न नसकेको चिठी पारिजातको भाषिक शैलीमा लेखकले आफ्ना युवावस्थामा लेख्नु भएको रागात्मक प्रेममा निहित सुक्ष्म द्वन्दबारे एक छोटो किन्तु सघन सोधखोज हो ।
पुस्तकले अ. ने.
सा. स.
स्वर्गिय डिल्लीराम तिम्सिना उत्कृष्ट
नवप्रतिभा पुरस्कार २००७ प्राप्त गरेको छ ।
|
|
|
लेखकको बारेमा
|
त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्रमा स्नातकोत्तर र इजरायलको बेन-गुरिओन विश्वविद्यालयबाट जीवविज्ञानमा विद्यावारिधि गर्नु भएका डा. दीपक खडका सँ.रा.अ., मेरिल्यान्ड, स्थित राष्ट्रिय स्वास्थ्य बहुसंस्थानमा केही वर्ष काम गर्नु भई हाल न्यू जर्सीको चिकित्सा एवं दन्तशास्त्र विश्वविद्यालयमा कार्यरत हुनुहुन्छ ।
साहित्य र राजनीति वहाँका पेशाईतर शोख र अम्मल र हुन् भने रङ्गमञ्च र साना-पर्दामा अभिनय वहाँका मीठो सम्झनाहरु ।
बाँकी अंश
|
|
|
समिक्षकहरु के भन्छन्...
|
"नारी हृदयको अति सहज चित्रण..." बाँकी अंश -भारती
गौतम
"नारीसुलभ प्रेमको यति गम्भीर एवं सजीव विश्लेषण ..." बाँकी अंश -गोकुल भण्डारी
"जम्मा एउटा प्रेमपत्रमा टुङ्गिएको उपन्यासमा महासागर..." बाँकी अंश -होमनाथ सुवेदी
"प्रेमको अरहस्यीकरणको प्रयास..." बाँकी अंश -होमराज आचार्य
"जिजीविषा जस्तो पनि लाग्ने, मानसिक विभीषिका जस्तो पनि लाग्ने..." बाँकी अंश -दुबसु क्षेत्री
|
|
|
लेखक के भन्छन्...
|
|
"मैले यो कथा मान्छेको उही सनातन शास्त्रीय र लोकप्रिय विषय 'प्रेम' लाई बुझ्ने एक चेष्टास्वरूप लेख्न शुरु गरको थिएँ । आज म प्रेमको विशुद्ध अनुभूति भनेको इश्वर जस्तै एउटा मिथक पो हो कि भन्ने छेउमा पुग्न लागेको छु । तर यो कथा टुंग्याउदाताका भने म झण्डै झण्डै यस्तो सोच्दथें - प्रेम भनेको यसको स्वचेतना..." बाँकी अंश
|
|
|
विविध
|
पुस्तक काठमाडौंमा उपलब्ध छ:
रत्न पुस्तक भण्डार बागबजार, काठमाडौं नेपाल ।
हिमालयन बुक सेन्टर बागबजार, काठमाडौं नेपाल ।
स्वदेशी मूल्य: रु. ५०/-
|
पुस्तक विबरण:
गाता: नरम
पानाहरु: ७८
आकार: १५ से.मी. x १०.५ से.मी.
तौल: ८० ग्राम
प्रकाशक:
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज
जिज्ञासाको
लागि:
deepakkhadka@gmail.com |
|
|
|
पाठकहरुबाट
|
उत्कृष्ट ! काव्यात्मक ! भावुक ! चुम्बकिय
! पूर्ण अंश
|
|
|
अनलाईन
चर्चा |
|
|
|