|
भित्री पानाहरु हेर्नुहोस्
|
|
|
|
|
Preview--Page 12
|
पृ.१२:
तिमी अन्दाजै गर्न सक्तैनौ, मेरा अठार
वर्षका स्वप्निल बैंसलाई कुन पहाड
उठाउन परिरहेको थियो तिम्रो यो जड सामीप्य स्वीकार गर्न, तिम्रो
यो निष्क्रिय र निर्जीव सामीप्य स्वीकार गर्न ।
एउटा रात छटपटाइरहेको थियो छातीमा जून टाँसेर । एउटा
किनारा छटपटाइरहेको थियो नजिकै सागरका उठ्न बेखबर छालहरू
देखेर ।
आओस् न एउटा आँधी । सागरमा छालका पहाडहरू उठून् ।
किनारा छिया छिया होस् ।
तर आएन आँधी । उठेनन् छालका पहाडहरू । सागर मानौं
पुराणको कुनै आदिम ऋषि हो, ऊ हजारौं वर्षेखि समाधिस्थ छ र
अरु हजारौं वर्षसमाधिस्थ रहनेछ ।
मेरो सञ्जी, मैले सहन सकिनँ तिम्रो सामीप्यको यो
कठोरतालाई, यो हिंउलाई, यो पीडालाई । मलाई लाग्यो, त्यहाँबाट
उठिदिऊँ र भागिदिऊँ टाढा, धेरै टाढा । हुनसक्छ भने यति टाढा,
जहाँ केवल विस्मृति नै विस्मृति छ, जहाँ मुटु बिना नै बाँच्न
सकिन्छ । हुँदो हो त्यस्तो ठाउँ ? म कति सजिलो गरी बाँच्ने थिएँ ।
तिमीलाई के थाहा, स्मृति र मुटु बोकेर म कति सास्तीले बाँचें ।
|
|
<<मुख्य पेज
|
|
|