मूल पृष्ट   In English Chyatna Nasakeko Chithi. A novel by Deepak Khadka उपन्यासकार डा. दीपक का

Click to enlarge

ठुलो आकारमा हेर्न क्लिक गर्नुहोस्
भित्री पानाहरु हेर्नुहोस्
५-६ १२ १९
२७ ३४ ३७-३८ ४३
४७ ५०-५१ ५४-५५ ५५
पुरस्कार
 .ने.सा.. स्वर्गिय डिल्लीराम तिम्सिना उत्कृष्ट नवप्रतिभा पुरस्कार २००७ विजेता

घोषणा

 
Preview--Page 12
पृ.१२:
      तिमी अन्दाजै गर्न सक्तैनौ, मेरा अठार वर्षका स्वप्निल बैंसलाई कुन पहाड उठाउन परिरहेको थियो तिम्रो यो जड सामीप्य स्वीकार गर्न, तिम्रो यो निष्क्रिय र निर्जीव सामीप्य स्वीकार गर्न ।
      एउटा रात छटपटाइरहेको थियो छातीमा जून टाँसेर । एउटा किनारा छटपटाइरहेको थियो नजिकै सागरका उठ्न बेखबर छालहरू देखेर ।
      आओस् न एउटा आँधी । सागरमा छालका पहाडहरू उठून् । किनारा छिया छिया होस् ।
      तर आएन आँधी । उठेनन् छालका पहाडहरू । सागर मानौं पुराणको कुनै आदिम ऋषि हो, ऊ हजारौं वर्षेखि समाधिस्थ छ र अरु हजारौं वर्षसमाधिस्थ रहनेछ ।
      मेरो सञ्जी, मैले सहन सकिनँ तिम्रो सामीप्यको यो कठोरतालाई, यो हिंउलाई, यो पीडालाई । मलाई लाग्यो, त्यहाँबाट उठिदिऊँ र भागिदिऊँ टाढा, धेरै टाढा । हुनसक्छ भने यति टाढा, जहाँ केवल विस्मृति नै विस्मृति छ, जहाँ मुटु बिना नै बाँच्न सकिन्छ । हुँदो हो त्यस्तो ठाउँ ? म कति सजिलो गरी बाँच्ने थिएँ । तिमीलाई के थाहा, स्मृति र मुटु बोकेर म कति सास्तीले बाँचें ।
<<मुख्य पेज
वेब डिजाईन सौजन्य: दीपक खनाल
©सर्वाधिकार: दीपक खडका