मूल पृष्ट   In English Chyatna Nasakeko Chithi. A novel by Deepak Khadka उपन्यासकार डा. दीपक का

Click to enlarge

ठुलो आकारमा हेर्न क्लिक गर्नुहोस्
भित्री पानाहरु हेर्नुहोस्
५-६ १२ १९
२७ ३४ ३७-३८ ४३
४७ ५०-५१ ५४-५५ ५५
पुरस्कार
 .ने.सा.. स्वर्गिय डिल्लीराम तिम्सिना उत्कृष्ट नवप्रतिभा पुरस्कार २००७ विजेता

घोषणा

 
Preview--Page 19
पृ.१९:
      "साँच्चै अपशोच लागेको छ त ?" आँखामा आँखा जुधाएर तिमीले अर्थपूर्ण मुस्कानमा सोध्यौ ।
      साच्चै अपशोच लागेको छ त ?... हँ ?... के त्यसो भए... त्यसो भए मेरो तपस्या निर्रथक थिएन ? मेरा जलन र छटपटि बेकारमा थिएनन् ?... मुश्किलले तिमीलाई हेर्न सकें । मैले शिर निहुर्याएँ ।
      तर तिमी किन यति बिघ्न अप्रत्यक्ष ? किन यति बिघ्न घुमाउरो ? किन यति बिघ्न जटिल ?
      मैले बिस्तारै तिम्रो गोडादेखि हेर्दै आँखामा पुर्याएँ । बस्, उही चम्किलो हेराइ ! कुनै कुनाबाट पनि शंका गर्ने साहस गर्न सकिन्न । उही गम्भिर मुस्कान ! नबुझेर पनि बुझे झै लाग्ने । बुझे पनि नबुझे झै लाग्ने । तिमी मानौं कुनै नीलो सागर हौ- गहिराइ जतिसुकै रहस्यमय भएता पनि सुन्दर छ त्यसको निलिमा, मनोहारी छ त्यसको निलिमा । त्यही निलिमाको दारुण आकर्षणले मलाई खर्लप्प निलेको छ ।
      तर यी क्षणहरू किन उकुसमुकुसपूर्ण ? कुनै दुर्लभ्य प्राप्तिको प्रतीतिको जटिलताले मलाई थिचेको झै किन भइरहेको छ ? प्राप्ति पनि कहिलेकाहीं यति यन्त्रणादायक ?
      यी पलहरूको गह्रौपना हटाउने चेष्टास्वरूप तिम्रो प्रश्नको सबभन्दा तटस्थ अर्थ खोजिसकेपछि मैले भनें, "किन ? मैले अपशोच नमान्नुपर्ने के छ र यसमा ?"
      तिमीले पक्कै महसुस गर्यौ यस फटाहा प्रतिप्रश्नमा निहित चुनौतीलाई । त्यसैले त हाँस्दै तिमीले प्रसंग बदलेका थियौ, कुनै चतुर कुटनीतिज्ञले झै ।
      कति चिप्लिन सकेको होला यो मान्छे !
<<मुख्य पेज
वेब डिजाईन सौजन्य: दीपक खनाल
©सर्वाधिकार: दीपक खडका