|
भित्री पानाहरु हेर्नुहोस्
|
|
|
|
|
Preview--Page 3
|
पृ. ३:
तयार छौ होइन, मेरो स्वीकारोक्ति सुन्न ?
सञ्जी, आज, जब कि हामी बीच एउटा दूरी छ, एउटा
सीमाना छ, तिमी मेरो कन्फेशन सुन्न तयार छौ । जुन बेला यी
सीमाना र दूरीहरू थिएनन्, किन बहिरो भएको बहाना गर्यौ ?
भैगो छाडौं यी कुराहरू । हामी चाहेर पनि त बदल्न सक्तैनौं
अतीतलाई ।
अतीत ! लाग्छ मेरो कुनै अतीत नै छैन । तिमी केलाई
अतीत भन्छौ ? फ्याकिएका क्यालेण्डरहरूलाई ? त्यसो हो भने,
मात्र त्यसो हो भने मेरो अतित थियो । तर अतित त्यो भोगाइको
नाम हो, जसको तिव्रता समयको गतिसंगै क्रमशः फिक्का हुदै
जान्छ, भने मेरो कुनै अतीत छैन । म आज पनि हिजोका ती सबै
एक एक मुस्कानलाई त्यत्तिकै ताजा अनुभव गर्छु, एक एक आँसुलाई
त्यत्तिकै तातो अनुभव गर्छु । मेरो अतीत वर्तमानसंग एकाकार
भएको छ । अस्ति तिमीलाई भेट्दा मलाई लागेन, हामी वर्षौ पछि
भेट भएका हौं । बरु यस्तो लाग्यो, हामी केही पल अघि मात्र
छुट्टिएका थियौं । आह ! त्यस क्षण तिमीले मेरो अनुभूति साझेदारी
गर्न सकेको भए !
|
|
<<मुख्य पेज
|
|
|