मूल पृष्ट   In English Chyatna Nasakeko Chithi. A novel by Deepak Khadka उपन्यासकार डा. दीपक का

Click to enlarge

ठुलो आकारमा हेर्न क्लिक गर्नुहोस्
भित्री पानाहरु हेर्नुहोस्
५-६ १२ १९
२७ ३४ ३७-३८ ४३
४७ ५०-५१ ५४-५५ ५५
पुरस्कार
 .ने.सा.. स्वर्गिय डिल्लीराम तिम्सिना उत्कृष्ट नवप्रतिभा पुरस्कार २००७ विजेता

घोषणा

 
Preview--Page 3
पृ. ३:
      तयार छौ होइन, मेरो स्वीकारोक्ति सुन्न ?
      सञ्जी, आज, जब कि हामी बीच एउटा दूरी छ, एउटा सीमाना छ, तिमी मेरो कन्फेशन सुन्न तयार छौ । जुन बेला यी सीमाना र दूरीहरू थिएनन्, किन बहिरो भएको बहाना गर्यौ ?
      भैगो छाडौं यी कुराहरू । हामी चाहेर पनि त बदल्न सक्तैनौं अतीतलाई ।
      अतीत ! लाग्छ मेरो कुनै अतीत नै छैन । तिमी केलाई अतीत भन्छौ ? फ्याकिएका क्यालेण्डरहरूलाई ? त्यसो हो भने, मात्र त्यसो हो भने मेरो अतित थियो । तर अतित त्यो भोगाइको नाम हो, जसको तिव्रता समयको गतिसंगै क्रमशः फिक्का हुदै जान्छ, भने मेरो कुनै अतीत छैन । म आज पनि हिजोका ती सबै एक एक मुस्कानलाई त्यत्तिकै ताजा अनुभव गर्छु, एक एक आँसुलाई त्यत्तिकै तातो अनुभव गर्छु । मेरो अतीत वर्तमानसंग एकाकार भएको छ । अस्ति तिमीलाई भेट्दा मलाई लागेन, हामी वर्षौ पछि भेट भएका हौं । बरु यस्तो लाग्यो, हामी केही पल अघि मात्र छुट्टिएका थियौं । आह ! त्यस क्षण तिमीले मेरो अनुभूति साझेदारी गर्न सकेको भए !
<<मुख्य पेज
वेब डिजाईन सौजन्य: दीपक खनाल
©सर्वाधिकार: दीपक खडका