|
भित्री पानाहरु हेर्नुहोस्
|
|
|
|
|
Preview--Page 34
|
पृ.३४:
म आफूमा ओर्लिएँ । पसिनाले म छ्याप्छ्याप्ती भएकी रहेछु ।
"के भयो तिमीलाई ?"
"हजूर ?" मेरो पतिसँग म पहिलोपल्ट बोल्दै थिएँ । मैले
सहज हुने प्रयास गर्दै भनें, "केही होइन ।" त्यसपछि मैले मुस्काउने
असफल प्रयास गरें ।
उसले मेरो कुरा पत्यायो र मसँग सानो दूरीमा बस्यो ।
उसको यो केटाकेटौले पत्यारसँग मलाई रीस उठ्यो । मलाई उसको
पत्यारसँग रीस उठ्यो वा उसको सान्निध्यसँग, यो अस्पष्ट छ । तर
मलाई रीस उठेको थियो वा कम्तीमा मैले अनुभव गरेको भाव
त्यसको निकट थियो ।
त्यसपछि मेरो पतिले कुराकानी शुरु गर्यो ।
मेरो ध्यान कुरामा भन्दा उसको चिउँडोको खतमा गइरहेको
थियो । बारम्बार मेरो आँखा त्यहाँ पुगेपछि अडिन्थे । बिस्तारै म
सम्पूर्ण तिम्रो खतमा पुगें ।
सहसा मेरो मनमा उब्ज्यो- मैले तिमीलाई घृणा गर्नुपर्छ,
तिम्रो चिउँडोको खतलाई घृणा गर्नुपर्छ ।
अनि यो मान्छेको चिउँडोको खतलाई नि ?
म सोच्दै थिएँ, मेरो पतिले मेरो हात समात्यो । यो र्स्पर्शले म
निसास्सिएको जस्तो भएँ ।
|
|
<<मुख्य पेज
|
|
|