|
भित्री पानाहरु हेर्नुहोस्
|
|
|
|
|
Preview--Page 37-38
|
पृ.३७,३८:
उसले मलाई अचम्मसँग हेर्यो । उसले मलाई पत्याइरहेको
थिएन । तर यसपालि मलाई उसको अनपत्यारसँग रिस उठेन ।
मैले सकेसम्म नरम स्वरमा भनें, "मलाई माफ गरिदिनुस् ल ?"
"ओ. के. ।"
ऊ उठ्यो । उसको स्वर रुखो थियो । मलाई लाग्यो, मबाट
कतै त्रुटि भएको छ । कतै मेरा शब्दहरूलाई उसले आफ्नो अपमान त
सम्झेन ? ऊ हिड्न लागेपछि मैले डराउदै सोधें, "कहाँ जान लाग्नुभएको
?"
"म तिम्रो आरामीमा बाधा पुर्याउन चाहन्न ।"
उसको बोली र हिडाइले स्पष्ट थियो, उसले मबाट अपमानित
अनुभव गरेको छ । मलाई लाग्यो, मबाट भयंकर गल्ती हुँदैछ । मेरो
पति रिसाएर जाँदैछ । मेरो प्रेम मसँग रिसाएर जाँदैछ । मलाई केही
सुझेन । म रोइदिएँ ।
मेरो सुँक्क सुँक्कले उसको पाइला ढोकामा पुग्नु अघि नै
रोकियो ।
मैले दयनीय स्वरमा भनें, "म तपाईलाई प्रेम गर्छु"
"गजब छ ।"
त्यहींबाट उसले मलाई हेरेर भन्यो ।
त्यसपछि फर्केर बिस्तारै मनेर आइपुग्यो । ऊ मेरो छेवैमा
बस्यो र मेरा दुबै हात समात्यो । उसले मेरा दुबै हात बिस्तारै
आफ्नो गालामा पुर्यायो ।
अनायास मैले हात झट्कालेर तानें । मेरो हातले उसको
चिउँडोको खत छोएको थियो ।
|
|
<<मुख्य पेज
|
|
|