मूल पृष्ट   In English Chyatna Nasakeko Chithi. A novel by Deepak Khadka उपन्यासकार डा. दीपक का

Click to enlarge

ठुलो आकारमा हेर्न क्लिक गर्नुहोस्
भित्री पानाहरु हेर्नुहोस्
५-६ १२ १९
२७ ३४ ३७-३८ ४३
४७ ५०-५१ ५४-५५ ५५
पुरस्कार
 .ने.सा.. स्वर्गिय डिल्लीराम तिम्सिना उत्कृष्ट नवप्रतिभा पुरस्कार २००७ विजेता

घोषणा

 
Preview--Page 47
पृ.४३:
      आरम्भसम्ममा पनि ममा हिचकिचाहट र अस्थिरता बाँकी नै थियो । तर सोचें, मैले मेरो पतिबाट पूर्ण, अखण्डित र सत्य प्रेम पाउनु छ । यसको निम्ति मैले उसको सामु नग्न रूपमा प्रस्तुत हुनैपर्छ, उसले मलाई सम्पूर्ण चिन्नै पर्छ । अनि म उसको सामु नांगिएँ, बेहिचकिचाहट र सुदृढताकासाथ ।
      म कस्तो अनुभव गर्दै थिएँ भने मलाई निर्निमेष सुनिरहने मेरो पति इश्वर हो, र म इश्वरको सामु अभिस्वीकार गर्दैछु ।
      मैले मेरो इश्वरको सामु अभिस्वीकार गरें ।
      यो अभिस्वीकारको समाप्तिमा मलाई के विश्वास थियो भने, अब मेरो पतिको सुन्दर आँखामा केही थोपा पवित्र आँसुहरू छल्किनेछन्, बिस्तारै उसले मलाई संसारको सबैभन्दा न्यानो, सबैभन्दा शीतल, सबैभन्दा कोमल र सबैभन्दा बलिष्ठ उसको बाहुपाशमा बाँध्नेछ र भरिएको गलामा भन्नेछ, "मेरो अन्वेषिके, म तिमीलाई सम्पूर्ण पवित्रताकासाथ ग्रहण गर्दछु ।"
      अनि म उसको उष्ण बाहुमा सम्पूर्ण पग्लनेछु, मेरो कायाकल्प हुनेछ, म उसमा सम्पूर्ण समर्पित हुनेछु । एउटा एकदमै नयाँ, भव्य र सुन्दर संसारमा हाम्रो एकात्म हृदयले प्रवेश गर्नेछ, जहाँ संशय, अपूर्णता, अभाव, अतृप्ति, केही हुनेछैन, जहाँ मेरो आत्माको कुनाकुनाबाट एउटै गीत प्रस्फुटित हुनेछ, "युरेका ! युरेका !" परन्तु नियतीलाई यो स्वीकार्य थिएन ।
      मैले मेरो कुरा टुंग्याएको केही क्षण पछि मेरो पतिले सोध्यो, "त्यो मान्छेसँग तिम्रो शारीरिक सम्बन्ध थियो ?"
      मानौं एक जोडदार थप्पड मेरो गालामा बज्रियो ।
      मानौं एक लात्ती बज्रियो मेरो कोखमा । म तुहिएँ ।
     
<<मुख्य पेज
वेब डिजाईन सौजन्य: दीपक खनाल
©सर्वाधिकार: दीपक खडका