मूल पृष्ट   In English Chyatna Nasakeko Chithi. A novel by Deepak Khadka उपन्यासकार डा. दीपक का

Click to enlarge

ठुलो आकारमा हेर्न क्लिक गर्नुहोस्
भित्री पानाहरु हेर्नुहोस्
५-६ १२ १९
२७ ३४ ३७-३८ ४३
४७ ५०-५१ ५४-५५ ५५
पुरस्कार
 .ने.सा.. स्वर्गिय डिल्लीराम तिम्सिना उत्कृष्ट नवप्रतिभा पुरस्कार २००७ विजेता

घोषणा

 
Preview--Page 47
पृ.४७:
      तिमी दोस्रो तलामा उक्लिसकेका थियौ र अब म भएको तलामा उक्लने ठाउँमा आइपुगिसकेका थियौ ।
      "त्यो मान्छेलाई फेरि भेट्यौ भने तिमी त्योसँग जान्छ्यौ ?... थाहा छैन ।"
      तिमी म भएतिर उक्लिरहेका थियौ ।
      "त्यो मान्छेलाई फेरि भेट्यौ भने तिमी त्योसँग जान्छ्यौ ?... थाहा छैन ।"
      इश्वर जान्दछ त्यो क्षण मेरो स्थिति के थियो । तिमी मेरो छेउमा आइपुग्ने बेलामा मैले तिमीतिर पिठ्यूँ फर्काएँ ।
      "यहाँले कसैलाई खोज्नुभएको हो ?"
      "त्यो मान्छेलाई फेरि भेट्यौ भने तिमी त्योसँग जान्छ्यौ -...
      थाहा छैन ।"
      मैले केही जबाफ नदिएपछि तिमी हिड्यौ । तिम्रो पदचाप एउटा अर्को कोठाको ढोकासम्म पुग्यो । ढोका लगाएको आबाज आए पछि मैले सास फेरें ।
      अब म चुपचाप र्फकने सुरमा थिएँ । तर एउटा अज्ञात शक्तिले बांधिए झै मेरा पाइला सरेनन् । मैले तिमी पसेको बन्द ढोकालाई हेरें । फेरि एउटा अनौठो चित्कार उठ्यो हृदयमा ।
<<मुख्य पेज
वेब डिजाईन सौजन्य: दीपक खनाल
©सर्वाधिकार: दीपक खडका