|
भित्री पानाहरु हेर्नुहोस्
|
|
|
|
|
Preview--Page 5-6
|
पृ. ५,६:
मेरो पिठयूँ थप्थपाएर मलाई एक्लै छाडेर ऊ गयो । जाने
बेलामा उसले भनेको थियो, "अब तँ केटाकेटी रहिनस् ।"
अर्थात् म तरुनी भएँ ? पत्यार मान्छौ सञ्जी ? दाइले
घुमाएर मलाई तरुनी भएको घोषणा गरेको त्यही दिन देखि मैले
आफूलाई साँच्चिकै तरुनी ठान्न थालें । उसले मलाई एक रातमै
तरुनी बनाइदियो । यति शक्तिशाली थियो उसको प्रभाव ।
र परिणाम के भयो भने हाम्रो घरमा आउने प्रत्येक आगन्तुक,
जो मेरो रूप-नक्शाको प्रशंसा गर्न चुक्दैनथे, उनीहरूको शब्दहरूले
अब मेरो लागि एक विशेष अर्थ, एक विशेष स्वरूप लिन थाल्यो ।
उनीहरूको शब्द मलाई अब केही असजिलो जस्तो, केही कुतकुती
लगाउने जस्तो अनुभव हुन थाल्यो । गायव थिए मेरा वाल्यसुलभ
तटस्थता र बेमतलव । ओह ! दाइको एक टिप्पणी, एक आदेशले
मभित्र बैंस जन्मिसकेछ ।
र अब बाटोघाटो, भीडभाडमा देखिने परिचित, अपरिचित
आँखाहरूले मेरो बैंसको पुष्टि गर्दै गए, गर्दै गए ।
संसारले मेरा लागि अब एउटा नयाँ सौर्न्दर्य ग्रहण गरिसकेको
थियो । आह ! कति स्वादिलो, कति नशालु मुग्धता र आकर्षण कैद
छन् मलाई हेर्ने प्रत्येक प्रत्येक आँखाहरूमा !
र क्याम्पसको आरम्भिक वर्ष जहाँ तिम्रो र मेरो भेट हुनुको
दुर्घटना सम्पन्न भयो, त्यहाँ पनि अपवाद थिएन मेरो बैसालु
अनुभूतिजन्य क्षितिजको स्वादिलो विस्तार
।
फूल बिछिएको हुन्थ्यो मेरो कदममा मैले कुतकुती सहन
सकुन्जेल । मिस्री घोलिएको थियो मेरो मुस्कानमा, म कुन कुन आँखामा
मुग्धता पढूँ ?
|
|
<<मुख्य पेज
|
|
|