|
भित्री पानाहरु हेर्नुहोस्
|
|
|
|
|
Preview--Page 50-51
|
पृ.५०,५१:
तर सञ्जी, म तिमीलाई नभेटीकन बीचैबाट फर्कें । तिम्रो
सामना गर्ने आँट ममा फेरि पनि आएन ।
त्यसपछि मलाई लाग्यो, यो मेरो जिन्दगीको अन्तिम बिसौनी
हो । त्यसभन्दा उता केही पनि छैन । अब पाउने, गुमाउने कुरा केही
पनि छैन । जिन्दगीले अब एउटा स्थायी इक्वलिब्रिअम पाइसकेको
छ । अब उता मेरो घर, पति, म, मभित्रको म र अरु धेरै कुराहरू
सँगसँगै समानान्तर अघि बढिरहने छन् अनन्तसम्म र कहीं पनि
कसैको कसैसँग भेट वा बिछोड हुनेछैन ।
मैले चाहें पनि त्यस्तै । मलाई लाग्यो जहाँ जे जस्तो छ
त्यस्तै होस्, त्यत्तिकै चलिरहोस् । कहीं कतै केही पनि नहोस् । ममा
अब कुनै सानो भन्दा सानो परिवर्तन पनि वहन गर्ने क्षमता छ भन्ने
कुरामा मलाई विश्वास थिएन ।
तर यहाँ पनि नियतिले मलाई धोका दियो । मलाई तिमीसँग
भेट्नु नै रहेछ ।
|
|
<<मुख्य पेज
|
|
|