|
भित्री पानाहरु हेर्नुहोस्
|
|
|
|
|
Preview--Page 54-55
|
पृ.५४,५५:
मलाई अब केही सुन्नु थिएन । मैले बीचैमा झल्याँस्स सम्झे
जस्तो गरेर भनें, "ओहो ! हामीले निकै बेर कुरा गर्यौं । मेरो श्रीमान्
मलाई खोज्दै हुनुहुन्छ होला, जाऔं ।"
म तिमीलाई पर्खिदा पनि नपर्खीकन भित्र गएँ ।
म एकान्त चाहन्थें । चारैतिर हेरें, तर त्यस्तो ठाउँ कतै
थिएन । मेरो पति अझै गफमा व्यस्त थियो ।
मैले उसलाई 'मेरो टाउको दुखेको छ' भनी बताएँ र घर
जाने आग्रह गरें । ऊ केही असजिलोसँग उठ्यो । म उसको साथ
चाहन्नथें । मैले भनें, "चाहनुहुन्छ भने बस्नुहोस् । मेरो टाउको दुखेर
मात्र ... म एक्लै र्फकन्छु ।"
त्यसपछि मेरो पति मलाई घर फर्कने गाडीको बन्दोबस्त
मिलाएर त्यहीं बस्यो । म फर्कें ।
घर पुग्दा म आधा पागल भइसकेकी थिएँ । कोठामा छिर्नासाथ
ढोका थुनेर रोएँ ।
|
|
<<मुख्य पेज
|
|
|