|
भित्री पानाहरु हेर्नुहोस्
|
|
|
|
|
Preview--Page 55
|
पृ.५५:
अनि त्यसै भयानक रातको अन्तिम प्रहरमा मैले एउटा
भयानक खतरापूर्ण निर्णय गरें ।
त्यो निर्णय जब मैले आफैलाई सुनाएँ, त्यो यति भयानक
लाग्यो कि म काँपें । तर त्यो मेरो अटल निर्णय थियो, एकदम
अटल !
मैले इश्वरसँग प्रार्थना गरें, "ईश्वर ! यदि यो मेरो गल्ती हो
भने पनि मलाई क्षमा गर । म आफूप्रतिको मोह त्याग गर्न सक्तिनँ ।
ममा बलिदान हुने क्षमता छैन । म सांसारिक प्रेम चाहन्छु । म यसै
संसारमा बाँच्न चाहन्छु ।"
अनि मैले शान्ति अनुभव गरें । मलाई लाग्यो मेरो निर्णय
ठीक छ । नत्र म किन शान्ति अनुभव गर्दैछु ?
|
|
<<मुख्य पेज
|
|
|